

-
काठमाडौं : गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को सांसद पद धरापमा परेको छ। अधिवक्ता वीरेन्द्र कार्कीले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश गरेको छ।
अदालतले मुद्धामा लिखित जवाफको समय सकिएको दुई साताभित्र अन्तिम सुनुवाइको पेशी तोक्न आदेश गरेको छ। लिखित जवाफ पेशका लागि एक हप्ताको समय दिइएको छ।
कर्तव्य ज्यान मुद्दामा तत्कालीन पुनरावेदन अदालतले तोकेको कैद सजाय भुक्तान नगरेकाले उम्मेदवार बन्ने अयोग्य रहेको जिकिर रिटमा गरिएको छ।
प्रदेश सभा सदस्य निर्वाचन ऐनको दफा १३(६) अनुसार मनाङे अयोग्य भएको जिकिर निवेदक पक्षको छ। मनाङेसँग कानुनले तोकेको योग्यता अपुग रहेको रिट निवेदकको जिकिर छ ।
कानुनमा ५ वर्ष वा सोभन्दा बढी कैद सजाय फौजदारी कसुरमा तोकिएकोमा यस्तो कैद भुक्तान भएको ६ वर्ष पूरा नभइ उम्मेदवार बन्न मिल्दैन। मनाङेले उक्त अवधि पूरा गरेका छैनन्। यसकारण उम्मेदवार बन्न अयोग्य भएको स्पष्ट देखिन्छ ।
अदालतले निवेदक पक्षको माग अनुसार लिखित जवाफ माग र अन्तिम सुनुवाइका लागि आदेश गरेको हो। यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको अयोग्यताको विवादमा पनि संवैधानिक इजलासले यही विकल्प अपनाएको थियो। प्रारम्भिक आदेशमा शपथ रोक्न अस्वीकार गरेको अदालतले अन्तिम सुनुवाइबाट लामिछानेलाई अयोग्य घोषित गरेको थियो।
मनाङेको हकमा पनि अदालतले अन्तिम सुनुवाइको विकल्प अपनाएको हो।
यस्तै अदालतले पुनरावेदन अदालतले गरेको फैसलाउपर पुनरावेदन वा कुनै निवेदन परे वा नपरेकोबारे पनि मिसिलसाथ पेश गर्न आदेश गरेको छ।
News Desk 0 response बिहिबार, चैत्र २, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


