

-
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोल अन्तरले हरायो । फ्रेन्ड्सका लागि राफिक एमिनु र प्रकास बुढाथोकीले गोल गरे । जावलाखेलका फोडे फोफानाले गोल गरे । फ्रेन्ड्सले ४ खेलमा ४ अङ्क जोडेको छ, जावलाखेलको ७ अङ्क छ ।
आजै एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । चर्च ब्वाइज १० अङ्कसहित शीर्ष स्थानमा र सङ्कटा ५ अङ्कसहित आठौँ स्थानमा छ ।
अहिले मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।
यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


