

-
काठमाडौं : सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो । यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेकोमा यसलाई बढाएर ६५ रुपैयाँ ५० पैसा पुर्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
किसानहरूले गाईवस्तुलाई खुवाउने पराल, दानालगायतको भाउ बढ्दा उत्पादन लागत बढेको भन्दै भाउ बढाउन माग गर्दै आएका थिए । बढेको मूल्य किसानले पाउने गरी सरकारले कच्चा दूधको भाउ बढाएको हो । किसानले पाउने दूधको भाउ लिटरमा नौ रुपैयाँभन्दा बढी बढेपछि अब उपभोक्ता मूल्य कम्तीमा १० रुपैयाँ बढ्ने छ ।
सरकारी स्वामित्वको डीडीसीले अहिले फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब यो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । व्यवसायीहरूले खुलारूपमा बेच्दै आएको दूध लिटरको एक सय रुपैयाँ वा त्योभन्दा बढीका दरले पनि बिक्री गरिरहेका छन् । अब सबै किसिमको दूधसँगै दुग्धजन्य बस्तुको भाउ बढ्नेछ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



