

-
काठमाडौं : भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ ।
भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ । मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनविरुद्ध अडानी समूहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै छानबिन समिति गठन गरेको हो ।
यस्तै अदालतले स्टक मार्केट नियामक सेबीलाई पनि अडानी समूहका फर्मका शेयर कारोबार नियमसङ्गत भएरनभएको अध्ययन गर्न निर्देशन दिएको छ । हिन्डेनबर्ग रिसर्चले छ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै अडानीले आफ्ना समूहका फर्महरूको शेयर हेरफेर तथा जालझेल गरेको आरोप लगाएको थियो । हिन्डेनबर्गको आरोपसँगै अडानीको सम्पत्ति छ हप्ताको बीचमै एक खर्ब ५० अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको थियो ।
फोर्ब्सको रियलटाइम जानकारीअनुसार विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३० औँ नम्बरभन्दा तल पुगेका अडानी छानबिन समिति गठन भएपछि २६ औँ नम्बरमा उक्लिएका छन् । आज एकै दिन अडानीको सम्पत्ति पाँच अर्ब डलरभन्दा धेरैले बढेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



