• काठमाडौं : पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।

    मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ भने एक÷दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।

    यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।