

-
काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।
फागुन २५ गते हुने राष्ट्रपतिको चौथो निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। शुक्रबार साँझ बसेको चार दलको बैठकले पुस १० गते अगाडि गठबन्धन ब्यूँताउँदै पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत र जनमोर्चा मिलेर पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो।
शनिबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिमा अगाडि सार्दै पुस १० गतेको सहमति अनुसार नै अहिलेको गठबन्धन अगाडि बढ्ने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख तथा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गतेको सहमति अनुसार पार्टीको तर्फबाट उम्मेदवारी दिने बताए।
राजनीतिक परिस्थिति नबदलिए उक्त गठबन्धनबाट राष्ट्रपतिमा पौडेल स्वतः विजयी हुनेछन्। राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ। ८ दलीय गठबन्धनसँग ३२ हजार १२३ मतभार रहेको छ भने एमालेसहितको तीन दलसँग १९ हजार ३४२ मतभार रहेको छ।
प्रतिनिधिसभामा ७७, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेको नेपाली कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ। यस्तै माओवादी केन्द्रसँग ७ हजार ७४५ , एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादी पार्टीसँग २ हजार १४५, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, उन्मुक्तिसँग ८९२ र जनमोर्चासँग २०६ मतभार रहेको छ।
एमालेसँग १५ हजार ३९१, राप्रपासँग २ हजार ४५० र स्वतन्त्र पार्टीसँग १ हजार ५०१ मतभार रहेको छ। साथै नेमकिपासँग २२३, हाम्रो नेपाली पार्टीसँग ९६, समाजवादी पार्टीसँग ४८, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र स्वतन्त्रको ७४८ मत रहेको छ।
News Desk 0 response शनिबार, फाल्गुन १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


