• काठमाडौं : आठ दलबीच भरखरै सम्पन्न बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकमा आठै दलले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको सहभागि एक नेताले बताए ।

    प्रधानमन्त्री निवासमा भएको बैठकमा सुरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपालमात्र थिए भने बैठक चल्दैगर्दा राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका नेताहरु समेत थपिएका थिए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव गरेका थिए । सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने भएको छ ।

    कांग्रेसबाट राष्ट्रपतिमा आकांक्षा राख्ने रामचन्द्र पौडेल पहिलो नम्बरमा छन् भने कृष्ण सिटौला, गोपालमान श्रेष्ठले समेत आकांक्षा देखाएका छन् ।