

-
काठमाडौं : राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
अध्ययन समितिले किसान, उद्योगी, बजारसहित अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार दूध प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको उनले बताए। बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने उनले दाबी गरे । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि कार्यान्वयनमा जानेछ ।
यसअघि २०७८ माघ मा दूधको फ्याटका आधारमा प्रतिलिटर नौदेखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो ।
अहिले दूधको उपभोक्ता मूल्य ८६ रुपैयाँ रहेको छ । तर खुलारूपमा बिक्री हुने दूध अहिले पनि प्रतिलिटर एक सय रुपैयाँ वा त्योभन्दा माथि पनि बिक्री भइरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १०, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



