• काठमाडौं : महन्थलाई राष्ट्रपति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले दौडधुप गरेको छ । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै हिजो मात्र प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेटेका लोसपाका शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

    कांग्रेस सभापति सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुने बताइएको छ ।

    सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताव सहित उनीहरुले शीर्ष नेतालाई भेटेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिको अडान कायमै राखेसँगै राष्ट्रपति हुनसक्ने हैसियतनै नभएका साना राजनीतिक दलहरु पनि राष्ट्रपति पदको लागि दौडधुपमा लागेका हुन् ।