

-
काठमाडौं : नेपाल र भुटानवाट भारतको बाटो हुँदै बंगलादेश बिजुली लैजान भारत सहमत भएको छ । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको हो । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।
बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् ।
‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने परराष्ट्र सचिव मोमेनले जानकारी दिएको टीबीएस न्युजले जनाएको छ ।
बंगलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ । ‘भारतीय पक्षले नेपाल–भारतबाट विद्युत् भारत–बंगलादेश सीमासम्म पुर्याउन सहयोग गर्न सक्छौं भन्यो,’ सचिव मोमेनले भने ।
News Desk 0 response शुक्रबार, फाल्गुन ५, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



