• काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

    गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।

    यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

    अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । मतपरिणामको औपचारिक रूपमा घोषणा गर्न बाँकी छ ।