

-
काठमाडौं : सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।
मङ्गलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित पस्मिमिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिु योजना सार्वजनिक गरेका हुन् । निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पस्मिनाको निर्यात बढाउन र पस्मिना उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्य सरकारको रहेको छ ।
‘राष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीति’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्धन केन्द्र (टीईपिसी) तथा नेपाल पस्मिना उद्योग सङ्घ (एनपीआईए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ । कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यो योजनाले पस्मिना उद्योगको विकास र विस्तारमा ठूलो टेवा पुग्ने बताए । उनले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको ऊनले उचित मूल्य पाउने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले नेपालभित्र पस्मिनाको धागो उत्पादन गरी पस्मिनाजन्य वस्तुको उत्पादन र गुणस्तर बढ्ने बताए । उनले रणनीति योजनाले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लामा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने बताए। नेपालमा च्याङ्ग्राको ऊन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको उनले गुनासो गरे ।
सचिव मरासिनीले निर्यातजन्य वस्तुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरू बनाइरहेको पनि सुनाए । उनले निर्यातजन्य नेपाली वस्तुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे ।
त्यस्तै नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजना निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए । उनले यो रणनीति योजनाले पस्मिना उत्पादनमा बढी प्राथमिकता दिने बताए । अहिले नेपालमा पस्मिनाको धागो पूर्णरूपमा विदेशबाट आयात हुने भन्दै अध्यक्ष दुगडले अब नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गरेर पस्मिनाको धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताए ।
अध्यक्ष दुगडले आफ्नो प्रशोधन कारखाना राखेर, आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्दा किसानले राम्रो मूल्य पाउने दाबी गरे । उनले नेपालले अन्तर्राष्ट्रिय बजारको १ दशमलव ५ प्रतिशत र नेपालको मात्रै २ दशमलव ७ प्रतिशत पस्मिनाको निर्यात गरिरहेको बताए । उनले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताए ।
मङ्गलवार नै पस्मिना प्रशोधनका लागि ललितपुरको हरिशिद्धिमा पस्मिना फाइबर प्रशोधन केन्द्रको शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा दुई अर्ब ५३ करोड रुपैयाँ (झन्डै एक करोड ९३ लाख अमेरिकी डलर) बराबरको पस्मिना सल निर्यात गरेको थियो ।
News Desk 0 response मङ्लबार, माघ २४, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



