-
काठमाडौं : नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँमा झरेको हो ।
गएको असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ ।
गएको असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुको कारण पहिलो चौमासिकमा सरकारले गरेको सावाँ–ब्याज भुक्तानी तथा आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनसक्नु हो ।
मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसैबीच गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा विद्युतीय गाडी आयात ५० दशमलव ८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
गएको वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा आयात भएको थियो । चालु आर्थिक वर्ष ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा आयात भएको विभागको तथ्यांक छ ।
यस्तै गएको मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले आठ महिना २१ दिनको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मुद्रा सञ्चित कायम गर्ने लक्ष्य लिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले देशमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चित छ ।
News Desk 0 response बिहिबार, माघ १२, २०७९
सम्बन्धित शीर्षकहरु
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता
शुक्रबार, चैत्र १६, २०८०गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८०सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
शुक्रबार, चैत्र १६, २०८०आज पनि देशका धेरै ठाउँमा पानी पर्ने संभावना
शुक्रबार, चैत्र १६, २०८०-
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत..
शुक्रबार, चैत्र १६, २०८० -
गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८० -
सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी
बिहिबार, चैत्र १५, २०८०
-
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत..
शुक्रबार, चैत्र १६, २०८० -
गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८० -
सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी
बिहिबार, चैत्र १५, २०८०
-
युवा व्यवसायी गुभाजू उद्योग वाणिज्य संघमा सदस्यको..
बुधबार, चैत्र ७, २०८० -
आन्तरिक राजश्व विभागका महानिर्देशकसहित अन्य सहसचिवको सरुवा
मङ्लबार, चैत्र १३, २०८० -
अख्तियारले डामेका रुद्रसिंहको ठाउँमा निरौला सरुवा अन्य..
मङ्लबार, चैत्र ६, २०८० -
प्रधानमन्त्रीले भने–‘सहकारीको मुद्धामा गृहमन्त्री लामिछानेको कतै संलग्नता..
मङ्लबार, चैत्र ६, २०८० -
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्धराज बिजयी
सोमवार, चैत्र १२, २०८०