-
धनुषा : मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्ण लामो समयदेखि पत्रकारितामा संलग्न थिइन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले दुवै जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुभएको छ । प्रदेश सभा सदस्य कर्णले मैथिलीमा र हैदरले उर्दु भाषामा शपथ लिएका थिए ।
दुवै जनाले शपथ ग्रहण गरेपछि प्रदेशसभाका सभामुख मण्डल, मुख्यमन्त्री यादवसहित शपथ ग्रहण कार्यक्रममा उपस्थित मन्त्री र संसदीय दलका नेताहरुले दुवै जना प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए ।
यसअघि दुवै जनाको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएका कारण पुस १५ गतेको शपथ ग्रहण कार्यक्रममा उहाँहरुलाई शपथ नगराउन निर्वाचन आयोगले प्रदेश सभालाई पत्राचार गरेको थियो ।
दुवै जनाको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएपछि आज उहाँहरुलाई शपथ ग्रहण गराइएको हो । दुवै जनाले आज शपथ लिएपछि प्रदेश सभामा अब एक सय ७ जना प्रदेश सभा सदस्यको सङ्ख्या पूरा भएको छ ।
News Desk 0 response बुधबार, माघ ११, २०७९
सम्बन्धित शीर्षकहरु
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८०बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, ३१ जनाको उद्धार
सोमवार, चैत्र ५, २०८०मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८०पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको..
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०
-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८०
-
आफैँले प्रधानमन्त्रीको अफर गरेको रविलाई गृहमन्त्री बनेपछि..
शनिबार, चैत्र ३, २०८० -
पालिकाले पठायो, हाजिर भएन साउनदेखि तलब बन्द
सोमवार, फाल्गुन २८, २०८० -
गृह सचिवमा एक नारायण अर्याल
सोमवार, फाल्गुन २८, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८० -
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज..
सोमवार, फाल्गुन २८, २०८०