

-
काठमाडौं : नेपालको वैदेशिक व्यापारका सबै सूचक घटेका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा कमी आएको छ ।
६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो ।
त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो ।
यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी हो ।
६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष व्यापार घाटामा १९ दशमलव १५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।
नेपालले अघिल्ला वर्षहरुमा जस्तै, फलाम, पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका वस्तु आयातमा अर्बौँ रुपैयाँ बाहिर पठाएको छ ।
६ महिनामा २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यान्न, १७ अर्ब रुपैयाँको तरकारी र ५२ अर्ब रुपैयाँको घिउतेल आयात भएको छ । यस्तै एक खर्ब ६४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, २२ अर्ब रुपैयाँको औषधि र मेडिकल सामग्री, ३० अर्ब ५९ करोड रुपैयाँका पलाष्टिकजन्य सामग्री, ३२ अर्ब रुपैयाँको मार्बल र टायल, ६३ अर्ब ६६ करोड रुपैयाँको फलाम, ४८ अर्ब ८९ करोड रुपैयाँको मेसिनरी सामग्री र ५१ अर्ब १० करोड रुपैयाँका विद्युतीय सामग्री आयात भएका छन् भने २६ अर्ब ४७ करोड रुपैयाँका गाडी भित्रिएका छन् ।
त्यस्तै निर्याततर्फ सात अर्ब रुपैयाँको चिया र कफी, २१ अर्ब रुपैयाँको घिउ तेल, १२ अर्ब रुपैयाँको खाद्यान्न तथा दुधबाट बनेका परिकार र २६ अर्ब रुपैयाँको तरकारी र फलफूल निर्यात भएको छ ।
झण्डै दुई अर्ब रुपैयाँ बराबरका काष्ठकलाका सामग्री पनि निर्यात भएको भन्सार विभागले जनाएको छ ।
News Desk 0 response सोमवार, माघ ९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३



