

-
काठमाडौं : खराब कर्जा बढ्दा र कर्जा प्रवाह घट्दा वाणिज्य बैंकहरुको नाफामा असर परेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा धेरैको नाफा गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अरु सबै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
बैंकहरुको खराब कर्जादर बढेपछि नाफामा असर परेको विवरणमा देखिन्छ । निक्षेप सङ्कलनका लागि ब्याजदर बढाए पनि कर्जा प्रवाह अत्यन्तै कम भएकाले यसअवधिमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदर घटेको हो । यसअवधिमा १५ वाणिज्य बैंकहरुको नाफा बढेको छ भने अरुको घटेको छ ।
प्रतिशतका आधारमा एभरेष्ट बैंकको नाफा बढेको छ भने सबैभन्दा धेरै नाफा कमाउनेमा चाहिँ नबिल बैंक देखिएको छ । सनराइज बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एनएमबी बैंक र एभरेस्ट बैंक अगाडि देखिएका छन् ।
एभरेष्ट बैंकको नाफा ८९ दशमलव २९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको कृषि विकास बैंक चालु आर्थिक वर्षको यसै अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ ।
नबिल बैंकले ५६ दशमलव ६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी सिभिल बैंकले ६३ करोड रुपैयाँ र सनराइज बैंकले ६५ करोड नाफा कमाएको छ ।
News Desk 0 response सोमवार, माघ ९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



