• काठमाडौं : नेपाली कांग्रेसले सभामुख पदमा आफ्नो पार्टीका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

    भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धीको प्रस्ताव प्रस्तुत हुँदैछ ।