

-
काठमाडौं । सत्तारुढ दलबीच मन्त्रिपरिषद् विस्तार एवं मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको बैठकले कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका हुन् । तर कुन मन्त्रालय कसलाई भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने पनि मन्त्री लामिछानेले जानकारी दिए।
शपथ ग्रहणपछि दिउँसो ४ बजे नेपाली कांग्रेससहितका विश्वासको मत दिएका दलहरुको बैठक बस्ने गृहमन्त्री लामिछानेले जानकारी दिए । दलहरुले यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख नेकपा एमालेले नै पाउने सहमति गरेका छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने निश्चित भएको छ ।
एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुङ्गो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको हो ।नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।
यस्तै एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुङ्गो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको हो ।
नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ । सहमति अनुसार दुई राज्यमन्त्रीसहित आठ मन्त्रालय लिने एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत मन्त्रालय पाउने छ ।
माओवादीले स्वास्थ्य, सञ्चार तथा प्रविधि र भूमिसुधार पाउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ ।
पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्रीको रुपमा सरकारमा जाने भएका छन् । राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ । अहिले बिहान फेरि सत्ता गठबन्धनको बैठक बसेर सहमतिलाई अन्तिम रुप दिने गृहमन्त्री लामिछानेले बताए ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। तर, भागबण्डामा असहमति जनाउँदै उपेन्द्र यादव भने बैठकको बीचमै बाहिरिएका थिए ।
News Desk 0 response मङ्लबार, माघ ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


