

-
मकवानपुर : बाग्मती प्रदेशमा आज सभामुख चयन हुँदैछ । बिहान ११ बजे चुनाव गर्ने तयारी छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा सत्तारुढ दलहरुका बीचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बाग्मती प्रदेशको सभामुखमा विजयी हुने निश्चित जस्तै छ ।
सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक विजयी हुने आकलन गरिएको छ । यस प्रदेशका मुख्यमन्त्रीमा ७० जना सांसदले समर्थन गरेका थिए । ५६ जना सांसदले मतदान गरे स्पष्ट बहुमत हुने भए पनि ७० जना सांसदहरुको समर्थनमा यस प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् ।
बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
सायजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईँ र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।
बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।
News Desk 0 response शुक्रबार, पुस २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


