

-
काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।
गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके०बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकले ग्लोबल आइएमई र बीओकेबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ’, राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टरले भने।
अन्तिम स्वीकृति प्रदान गर्नुअघि एकीकृत संस्थाको नाममा ‘बैंक’ शब्द राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो। तर, दुवै बैंकको गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट भने मर्जपछि बन्ने एकीकृत संस्थाको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ राख्ने प्रस्ताव पारित भएको थियो।
साधारणसभापछि दुवै बैंकले मर्जरको अन्तिम स्वीकृतिका लागि गत मंसिर २८ गते राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका थिए। ‘तर राष्ट्र बैंकले एकीकृत संस्थाको नाममा बैंक पनि राख्नुपर्ने निर्देशनपछि दुवै बैंकको संयुक्त मर्जर समितिले मर्जरपछि एकीकृत संस्थाको नाममा संशोधन गर्दै ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ राख्ने निर्णय गरेको हो’, ग्लोबल आइएमई बैंकको एक अधिकारीले भने, ‘सोही नामसहित दुवै बैंक अन्तिम स्वीकृतिका लागि फेरि राष्ट्र बैंक पुगेका थिए।’
त्यसपछि राष्ट्र बैंकले दुवै बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।
ग्लोबल आईएमई र बीओके १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुँदैछन्।
News Desk 0 response आइतवार, पुस १७, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



