

-
काठमाडौं : नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतले यसअघि आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय १० मेगावाट बिजुली किनिरहेको थियो । थप दुई वटा आयोजनाको बिजुली किन्न भारत सहमत भएसँगै नेपालले अब १० वटा आयोजनाबाट उत्पादित ४ सय ५३ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स० को प्रतिस्पर्धी बजारमा बिक्री गर्न सक्नेछ ।
गएको जेठ १९ गतेदेखि पुसको ३ गतेसम्म विद्युत् प्रधिकरणले भारतमा बिजुली बिक्रि गरेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपालले बर्खामा मात्रै बढी भएको बिजुली भारतमा बिक्री गर्दै आएको छ । तर भारतले सीमित आयोजनाको मात्रै बिजुली किन्दा बर्खामा सयौँ मेगावाट बिजुली खेर भएको थियो । हिउँद लागेसँगै भने नेपालले भारतबाटै बिजुली किन्न सुरु गरिसकेको छ ।
News Desk 0 response मङ्लबार, पुस १२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



