

-
काठमाडौं : नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनका दलहरुले छलफललाई तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी विकल्पको खाका तयार भएको र आजदेखि यही खाकामाथि थप छलफल हुने अनुमान छ ।
राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन थप पेचिलो बन्दै गएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाउन अन्य पार्टीसँगको सहकार्यसमेत गर्न सक्ने बताइरहेका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा यही गठबन्धनलाई अगाडि बढाउने तयारीमा रहेकाले पनि सहमतिका लागि विकल्पको खाकामाथि छलफलको तयारी भएको हो । नेपाली कांग्रेसले राष्ट्रपति आफूलाई र माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने गरी खाका बनाएको जनाइएको छ । तर यसबारे औपचारिक जानकारी केही पनि सार्वजनिक भएको छैन ।
नयाँ सरकार गठन र भागबण्डाबारे आज पनि दलहरुबीच छलफल हुँदैछ । उनीहरुले प्याकेजमा नै सहमति गर्नेगरी छलफललाई अघि बढाउँदै छन् । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्या भण्डारीले दिएको सीमा पर्सि आइतवार सकिँदै छ । यस कारण पनि सहमति जुटाउन गठबन्धनभित्र दबाब बढेको छ । प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ३ गते ७ दिनको समय सीमा दिएकी छिन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आब्ह्वान गरिसकेकी छिन् ।
News Desk 0 response शुक्रबार, पुस ८, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


