• काठमाडौं : संसदीय दलको नेतामा मनोनयन दर्ता गरेसँगै गगन थापाले दौडधुप बढाएका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग थापा प्रतिस्पर्धामा छन्। संसदीय दलको अंकगणितमा देउवा बलियो अवस्थामा भएपनि परिवर्तनको नाराले गगन युवाको आकर्षणमा छन्।

    मनोनयन दर्ता गरेपछि थापाले मंगलबार साँझ वरिष्ठ नेताद्वय शशांक कोइराला र प्रकाशमान सिंहसँग भेट गरेका छन्। कोइराला र सिंहलाई निवासमै पुगेर थापाले भेट गरेका हुन्।

    संसदीय दलको नेतामा आफूलाई सघाउन दुबै नेतालाई गगनले आग्रह गरेका छन्।