• काठमाडौं : दोलखामा माओवादीका कार्कीको पुनः अग्रता बनाएका छन् । प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई माओवादीका गंगा कार्कीले फेरि उछिनेका हुन् ।

    मतगणनाको दुई दिनसम्म अग्रता लिएका कार्की हिजो शनिवार रातिदेखि भने पछि परेका थिए तर अहिले भने एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की दुई सय ६९ मतले अघि छन् ।

    पछिल्लो विवरणअनुसार कार्कीले २१ हजार चार सय १२ र शिवाकोटीले २१ हजार एक सय ४३ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २६ सय ९१ मत ल्याएका छन् ।