• काठमाडौं : फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह ुजीु अन्तर्गतको क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।

    कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको हो । पराजित भए पनि समूह विजेता बनेको ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको छ ।

    क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

    जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।