• काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ ।

    दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ४७० मत प्राप्त गरेका छन् । माओवादीका कार्की र एमालेका सिवाकोटीबीचको मतान्तर १ हजार ७५४ रहेको छ ।

    दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।