• सुनसरी : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ ।

    सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

    पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई ३९ मतले उछिन्दै एमालेका कुसियैतले अग्रता लिएका हुन् ।

    एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९३१ र कांग्रेसका कार्कीले २९ हजार ८९२ मत प्राप्त गरेका छन् । अब गन्न बाँकी मत एक हजार ३५८ मात्रै रहेको छ ।