• काठमाडौं : विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो । क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    खेलको ३६ औं मिनेटमा आन्द्रेज रामारिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए । खेलको ७० औं मिनेटमा कर्मारिचले गोल गर्दै क्रोएसियालाई ३–१ गेलको अग्रता दिलाए ।