• काठमाडौं : महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

    महतोले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

    महतोले १२ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।