

-
मलङ्गवा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते हुनुभएको छ । घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर ९, २०७९


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९