• पोखरा : कास्की क्षेत्र नं. २ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी हुन् ।

    भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाएपनि पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् ।

    सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहे ।