-
काठमाडौँ : नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जना पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँको टोलीले भारत राजस्थान घर भई हाल काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्र्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मङ्सिर २ गते सामान चोरी गरेका उनीहरुलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरिएको जानकारी दिए । कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी रु ५५ लाख मूल्यका कपडा बरामद गरेको छ । यस्तै रु एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ ।
चोरीमा प्रयोग भएको बा १ज ५३६७ नंको ट्याक्सी र बा १९ च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
News Desk 0 response बुधबार, मंसिर ७, २०७९
सम्बन्धित शीर्षकहरु
भाईटीका लगाएसँगै यसबर्षको तिहार सकियो
आइतवार, कार्तिक १८, २०८१आज तिहारको भाइटीका, ११ बजेर ३७ मिनेटको समय उत्तम
आइतवार, कार्तिक १८, २०८१भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आइतवार, कार्तिक १८, २०८१आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
शनिबार, कार्तिक १७, २०८१-
तिहारको विदामा एक पटक पुग्नै पर्ने उत्कृष्ठ..
शुक्रबार, कार्तिक १६, २०८१ -
भाईटीका लगाएसँगै यसबर्षको तिहार सकियो
आइतवार, कार्तिक १८, २०८१ -
आज तिहारको भाइटीका, ११ बजेर ३७ मिनेटको..
आइतवार, कार्तिक १८, २०८१ -
भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि..
आइतवार, कार्तिक १८, २०८१ -
आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
शनिबार, कार्तिक १७, २०८१ -
नेपालीको मौलिक नेपाल संवत् ११४५ आजदेखि शुरु
शनिबार, कार्तिक १७, २०८१
-
भाईटीका लगाएसँगै यसबर्षको तिहार सकियो
आइतवार, कार्तिक १८, २०८१ -
आज तिहारको भाइटीका, ११ बजेर ३७ मिनेटको..
आइतवार, कार्तिक १८, २०८१ -
भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि..
आइतवार, कार्तिक १८, २०८१ -
आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
शनिबार, कार्तिक १७, २०८१ -
नेपालीको मौलिक नेपाल संवत् ११४५ आजदेखि शुरु
शनिबार, कार्तिक १७, २०८१
-
तिहारको विदामा एक पटक पुग्नै पर्ने उत्कृष्ठ..
शुक्रबार, कार्तिक १६, २०८१ -
मीनबहादुरले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना..
सोमवार, कार्तिक १२, २०८१ -
सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ
शुक्रबार, कार्तिक ९, २०८१ -
अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद ‘मासु’ खाएका ३५..
मङ्लबार, कार्तिक १३, २०८१ -
स्मार्ट लाइसेन्स खारेज गरि क्युआर कोडसहितको लाइसेन्स..
सोमवार, कार्तिक १२, २०८१