• काठमाडौं : प्रतिनिधिसभा अन्र्तगत पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

    रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

    मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।