• काठमाडौं : प्रतिनिधिसभा निर्वाचन ललितपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

    राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।