• काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

    सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा तत्कालीन उपसचिव परशुराम अधिकारी विरुद्ध मुद्दा दायर गरिएको हो । 

    उनले काठमाडौँ महानगरपालिका-१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ बिगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

    तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधर सहित ८ जनाविरुद्ध अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।