• काठमाडौं : काठमाडौंको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उमेद्वार गगन थापाले फराकिको अग्रता कायम गरेका छन् ।

    पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि देखिन्छन्।

    थापाले १७ हजार ५ सय १६ मत ल्याउँदा एमालेका राजन भट्टराईले ११ हजार ९ सय ९८ मत पाउनु भएको छ । यस्तै, राप्रपाका ठाकुर मोहन श्रेष्ठले १ हजार ७ सय ८४ मत पाएका छन् ।