-
काठमाडौं : आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतदान सम्पन्न भएको छ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । केही ठाउँमा भएका छिटफुट घटना कारण रोकिएको मतदान फेरि सुरु गर्दा बेलुका ७ बजेसम्म पनि मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
देशभर १० हजार आठ सय ९२ वटा मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र तोकिएको थियो । यो चुनावमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता थिए । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झन्डै तीन लाख सुरक्षाकर्मी खटिएका थिए ।
गुल्मी, दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका केही मतदान केन्द्रको मतदान भने रोकिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयको मतदान स्थगित भएको छ । छलफलपछि मतदानको मिति तोकिने निर्वाचन अधिकृतले बताएका छन् ।
अहिले देशका धेरैजसो ठाउँमा मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सडक सञ्जाल पुगेका सबैजसो केन्द्रबाट गाडीमार्फत मतपेटिकालाई मतगणना हुने ठाउँसम्म पुर्याउने काम भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा लगायतका केही जिल्लाका विकट ठाउँमा हेलिकप्टरसमेत परिचालन गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिए । सहरी र सुगम जिल्लाको मतगणना भने आजै राति अबेरदेखि भए पनि सुरु गरिने आयोगले जनाएको छ ।
मतगणनास्थलमा मतपेटिका ल्याएपछि रुजु गर्ने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यही मङ्सिर ८ गतेसम्म प्रत्यक्षतर्फको सबै परिणाम सार्वजनिक गरिसक्ने बताएका छन्।
काठमाडौंका यी १० ठाउँमा हुँदैछ मतगणना
क्षेत्र नम्बर १ : सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर
News Desk 0 response आइतवार, मंसिर ४, २०७९
क्षेत्र नम्बर २ : कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली
क्षेत्र नम्बर ३ : गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल
क्षेत्र नम्बर ४ : बूढानीलकण्ठको चपलीमा रहेको जेष्ठ नागरिक भवनमा
क्षेत्र नम्बर ५ : टोखाको श्रीसमाज भवन
क्षेत्र नम्बर ६ : तारकेश्वरको धर्मस्थली
क्षेत्र नम्बर ७ : बालाजु ७ को जुडो हल
क्षेत्र नम्बर ८ : स्वयम्भूको गीतामाता स्कुल
क्षेत्र नम्बर ९ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन
क्षेत्र नम्बर १० :त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन
सम्बन्धित शीर्षकहरु
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति सैनिकलाई नहटाउने
मङ्लबार, अशोज २९, २०८१दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
मङ्लबार, अशोज २९, २०८१दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार
मङ्लबार, अशोज २९, २०८१-
साउन र भदौमा २ खर्ब ६३ अर्ब..
मङ्लबार, अशोज २९, २०८१ -
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१
-
साउन र भदौमा २ खर्ब ६३ अर्ब..
मङ्लबार, अशोज २९, २०८१ -
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर..
सोमवार, अशोज २८, २०८१