

-
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने चुनावका लागि आयोगले तयारी पूरा गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
उनले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न पनि आह्वान गरेका छन्।
‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकाले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदाताहरूलाई हार्दिक आह्वान गर्दछु,’ उनले भने।
मतदानको दिन सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ।
यस्तै आयोगले मतदान अधिकृत र कर्मचारीलाई कर्तव्य पालना गर्न नदिने, मतदाताका बाटो छेक्ने, बुथ कब्जा गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, अधिकारबिना मतदान गर्न खोज्ने लगायत कार्य गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।
News Desk 0 response शनिबार, मंसिर ३, २०७९


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२