

-
बाँके : कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्लामा चामल ढुवानी हुन नसकेको हो ।
सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको चामल ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन ।
तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि गएको भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको छ ।
दोस्रो पटक आह्वान गरिएको टेण्डरमा तारा एअरले ढुवानी गर्न पाउने ठेक्का परेको भए पनि सम्झौता गर्न आएको छैन । सम्झौताका लागि यही मङ्सिर २० गतेसम्मको समय तोकिएको छ । सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सप्लायर्सले अझै ढुवानी गरेको छैन ।
News Desk 0 response शनिबार, मंसिर ३, २०७९


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२