• चितव : प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन चितवनको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।

    भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिए जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    उक्त दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेको बुझिएको छ ।

    निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३स्३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।