

-
काठमाडौं : नेपाल वायु सेवा निगमले विमानको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई भोलि शनिवारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले आज शुक्रवार निगमलाई निर्देशन दिएको हो ।
निगमको हिजो बिहीवारको दुई वटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण विमानस्थलमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई विमानमा सिट नभएको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।
‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९ को काठमाण्डौदेखि दोहा र उडान नम्बर आरए २२९ को काठमाडौं –दुबई जाने हवाईजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ’, प्राधिकरणले निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
अबदेखि यस किसिमको कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर २, २०७९


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२