

-
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग कडा नभएको बताएका छन् । उनले आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताएका हुन् ।
आज शुक्रवार काठमाडौं पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताए।प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गरे । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उनको भनाइ छ । उनले भने, ‘निर्वाचन आयोग कडा भएको छैन । पटक्कै कडा भएको छैन । फुटबल खेल्दा रेफ्रीले रेड कार्ड देखाएन भने रेफ्री कडा भएको होइन, खेलाडी गतिला भएका हुन् । अनुशासित भएका हुन् । साँच्चै यो देशमा राजनीतिक खेलाडीहरू, निर्वाचनका खेलाडीहरू अनुशासित हुँदै गएका हुन् भने यो हाम्रो निम्ति खुसीको विषय हो । हामी हिजो जस्तो थियौँ, अहिले पनि त्यस्तै छौँ । कानुन तिनै हो । बनाएको कानुन पालना गरौँ । कानुनले कसैलाई वर वा पर भन्न हुँदैन । ठूलो वा सानो भन्नु हुँदैन । जसरी मतको मूल्य बराबर छ, त्यसैगरी कानुनले गर्ने व्यवहार पनि बराबर हुन्छ ।
कार्यक्रममा बोल्दै थपलियाले वर्तमान राजनीतिक संस्कारले संविधानले उल्लेख गरेको महिला सहभागिताको अधिकारलाई नै अप्ठेरोमा पार्नसक्ने बताए । उम्मेदवारीमा महिलाको प्रतिनिधित्वको विषय आयोगले बारम्बार स्मरण गराउँदासमेत सुनिश्चितता गर्न नसकेको उनले गुनासो गरे । महिला सहभागिता गराउने कुरामा दलले टिकट दिने वा नदिने भन्नेबारेमा आयोग प्रवेश गर्न नमिल्ने उनको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले चुनावमा उम्मेदवारी दिनका लागि आफू लायक छु वा छैन भन्ने नबुझिकन उम्मेदवारी दिन आउँदा आयोगलाई समस्या परेको गुनासो गरे । उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा नेपाली र दुई वटा विदेशी गरी ४६ वटा संस्थाबाट सात हजार आठ सय जना पर्यवेक्षक चुनाव पर्यवेक्षणका लागि खटिने बताए । चुनावमा १८ वटा कुटनीतिक नियोगका विभिन्न टोलीहरू पनि पर्यवेक्षणका लागि आएको बताए ।
News Desk 0 response शुक्रबार, मंसिर २, २०७९


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१