-
डोल्पा : उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।
सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
उनका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठूयूमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर २, २०७९
सम्बन्धित शीर्षकहरु
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
बिहिबार, भदौ २७, २०८१भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने प्रयास जारी
बिहिबार, भदौ २७, २०८१नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१