

-
बुटवल : नवलपरासीमा एक मतदान अधिकृत बर्खास्तमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बर्खास्त गरेसँगै प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी निर्वाचन क्षेत्र नं। २ को प्रदेश सभा ‘क’ अन्तर्गत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ५६ वर्षीय चौधरी पाल्ही नन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत छन्। निर्वाचन सामाग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वाभाविक व्यवहार देखाएकाले उनलाई पक्राउ गरिएको हो।
बर्खास्तमा परेका चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाइएको छ। चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
News Desk 0 response बिहिबार, मंसिर १, २०७९

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



