

-
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप एक दशमलव दुई र कर्जा सात दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप आठ दशमलव दुई प्रतिशतले र कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ । राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत छ ।
अघिल्लो आवमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव चार प्रतिशत थियो । असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ । पहिलो तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव एक प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैङ्कको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशत, विकास बैङ्कको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको छ ।
त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा दुई दशमलव दुई प्रतिशत, निर्माण क्षेत्रको कर्जा एक दशमलव सात प्रतिशत र कृषि क्षेत्रको कर्जा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।
News Desk 0 response बिहिबार, मंसिर १, २०७९

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



