

-
दोधारा चाँदनी : कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो । कञ्चनपुरका लागि राहुल चन्दले २३ बलमा सर्वाधिक २५ रन बनाए । यस्तै अभिषेक थापाले १२ बलमा १४ रन तथा हेमन्त धामीले १० बलमा १३ रन बनाए ।
यसैगरी ७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव पाँच ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो । उसका लागि हरिश धामीले १७ बलमा सर्वाधिक १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए ।
त्यसैगरी अर्को खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ तथा सचीन साउदले २३ बलमा १४ रन बनाए ।
जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप विष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रदेशका सबै जिल्लाका टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर सुदूरपश्चिम प्रदेशको टोली बनाइने बताउनुभयो । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा यही मङ्सिर सात गतेदेखि काठमाडौँमा वाइवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ ।
News Desk 0 response बिहिबार, मंसिर १, २०७९

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



