

-
बाँके : बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम बनाउने क्रममा विस्फोट भएको बाँकेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फोट भएको थियो । विस्फोटबाट क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । घाइते बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फोट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताले बम बनाइरहेका र थप अनुसन्धान भइरहेको बाँकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
यसअघि हिजो दिउँसो भोजपुरमा बम विस्फोट भएको थियो । यसको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको थियो । विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।
News Desk 0 response बिहिबार, मंसिर १, २०७९

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



