

-
चितवन : प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।
चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो ।
उनको बा ३ च २०५० नं को गाडीमा इँटा प्रहार भएको हो । सँगै रहेको प्रदेश ३–०१–२४च९०६१ नंको गाडीमा समेत इँटा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकलमा चढेर आएका पाँच÷छजनाको समूहले इँटा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । दुवै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
श्रेष्ठको गाडीको भाइजरसमेत फुटेको छ । गाडीमाथि आक्रमण निर्वाचन बहिष्कार समूहबाट भएको आशङ्कामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए ।
News Desk 0 response बुधबार, कार्तिक ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



