-
काठमाडौं : नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानसँगको खेलमा नेपाली टोलीले उच्च मनोबलका साथ खेल्ने बताएका छन् ।
आज मङ्गलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधवार हुने खेलमा नेपाली टोली सुखद नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बङ्गलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र त्यही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेलमा आफूले कप्तानी पाउँदा खुसी लागेको तर नेपालका लागि खेल्न पाउनु नै आफ्ना लागि ठूलो कुरा रहेको समेत बताए ।
नेपाललाई पाकिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलका लागि गएको आइतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच आठ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र बाह्य शक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । त्यही टोली पाकिस्तानसँगको खेलमा नेपाली टोलीले सुखद नतिजाका लागि खेल्ने कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेका कारण व्यक्तिगतरूपमा राम्रो भएको भए पनि लामो समय एउटै टोली बनेर नखेलेका कारण टिमवर्क राम्रो नभएको र त्यहीअनुसार आफूले रणनीति बनाएको बताए ।
यस्तै नेपाल भ्रमणमा रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालसँगको खेलमा राम्रो इतिहास भएको र त्यही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीसँग राम्रो खेल्ने उनको भनाइ छ ।
नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले पाँच खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनशिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल दुई–एक गोलले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रङ्गशालामा आयोजना हुन लागेको ५० औँ अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक २९, २०७९
सम्बन्धित शीर्षकहरु
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१