

-
काठमाडौं : नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानसँगको खेलमा नेपाली टोलीले उच्च मनोबलका साथ खेल्ने बताएका छन् ।
आज मङ्गलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधवार हुने खेलमा नेपाली टोली सुखद नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बङ्गलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र त्यही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेलमा आफूले कप्तानी पाउँदा खुसी लागेको तर नेपालका लागि खेल्न पाउनु नै आफ्ना लागि ठूलो कुरा रहेको समेत बताए ।
नेपाललाई पाकिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलका लागि गएको आइतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच आठ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र बाह्य शक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । त्यही टोली पाकिस्तानसँगको खेलमा नेपाली टोलीले सुखद नतिजाका लागि खेल्ने कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेका कारण व्यक्तिगतरूपमा राम्रो भएको भए पनि लामो समय एउटै टोली बनेर नखेलेका कारण टिमवर्क राम्रो नभएको र त्यहीअनुसार आफूले रणनीति बनाएको बताए ।
यस्तै नेपाल भ्रमणमा रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालसँगको खेलमा राम्रो इतिहास भएको र त्यही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीसँग राम्रो खेल्ने उनको भनाइ छ ।
नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले पाँच खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनशिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल दुई–एक गोलले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रङ्गशालामा आयोजना हुन लागेको ५० औँ अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



