

-
कावासोती : नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षौँदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि ऐन संशोधन आवश्यक भएको बताए ।
‘ऐनकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रभावित बस्तीमा विकास निर्माणले गति लिन सकेको छैन, निर्वाचनपछि गठबन्धनको सरकारले ऐन संशोधन गर्छ’, कोइरालाले भने । भूमिहीनलाई पुर्जा वितरण गर्नेदेखि त्रिवेणी दुम्किबास राजमार्गलगायत महत्त्वपूर्ण योजना ऐनकै कारण अगाडि बढ्न नसकेको कोइरालाको दाबी छ ।
वन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षतिको न्यूनीकरण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मध्यवर्ती र निकुञ्ज प्रभावित क्षेत्रको विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारले जित्नैपर्ने कोइरालाले बताए ।
त्यस्तै कोइराला मध्यवर्ती क्षेत्र प्रभावित जनताको जीवनस्तर उकास्न गैँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी कोरिडोरको निर्माण प्रक्रिया निर्वाचन लगत्तै अगाडि बढ्नेसमेत बताए ।
News Desk 0 response मङ्लबार, कार्तिक २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



